ब्राउन सुगरसहित नेपाली सेनाका मेजर शाही पक्राउ

बाँके– श्री मेयर गण शम्शेरगञ्जमा कार्यरत नेपाली सेनाका मेजर धीरेन्द्रजङ्ग शाही लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

प्रहरीको विशेष टोलीले सेनाका मेजर शाहीसहित दुई जनालाई पक्राउ गरेको हो ।

उनीसँगै स्थानीय ढकेरीबाट रिम पौडेल पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएका बेला प्रहरीको विशेष टोलीले शनिबार साँझ छापा मारेको थियो । पक्राउ परेका अर्का व्यक्ति पौडेल लागुऔषधको ठूलो कारोवारी भएको प्रहरीको दाबी छ ।