काठमाडौं, फागुन २० । टर्कीको इस्तानबुलबाट २२७ यात्रु बोकेर काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमान पहिलोपटक अवतरण गर्न खोज्दा असफल भएपछि दोस्रोपटक पुनः अवतरण गर्न खोज्दा अनियन्त्रित भई धावनमार्गबाट बाहिर घाँसे मैदानतिर गएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी चार जना सामान्य घाइते भएका छन् भने अरु सबै यात्रु सकुशल रहेको त्रिभुवन विमानस्थलका प्रबन्धक पूर्ण चुडालले जानकारी दिनुभयो । विमान आपत्कालीन अवतरण गरेलगत्त विमानको एमर्जेन्सी ढोका खोलेर सबै यात्रुलाई बाहिर निकालिएको थियो ।
टर्किस विमान दुर्घटनामा






