काठमाडौं, फाल्गुन १९ । नेपालमा स्वाइन् फ्लु संक्रमितको संख्या ५८ पुगेको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्ट अनुसार थप दश जनामा स्वाइन फ्लु भाइरस देखिएपछि संक्रमितको संख्या ५८ पुगेको हो । स्वाइन फ्लुबाट संक्रमित भएको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य जाँच गर्न आउनेहरुको संख्या पनि बढेको छ ।
प्रयोगशालामा चौबिसै घण्टा चेकजाँच गर्ने ब्यवस्था नहँदा टाढा टाढाबाट परिक्षणका लागि आउनेहरु त्यसै फर्किन बाध्य छन् । बढी ज्वरो आउने, रुघा, खोकी लाग्ने भएमा स्वाइन फ्लुको शंका गरी उपचार गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । रुघाखोकी लागेको मानिसबाट एक मिटर टाढा बस्ने, साबुन पानीले नियमित हात धुने, मास्क लगाउने र प्रशस्त पौष्टिक तथा झोलिलो खानेकुरा खानुपर्ने चिकित्सकहरुको सुझाव छ ।
स्वाइन्फ्लु संक्रमितको संख्या ५८ पुगे






