काठमाडौं । अहिले चलचित्रहरु रिलिज हुने होड्बाजी चलिरहेको छ । भदौ १ गतेबाट नै चलचित्रका सेड्यूल प्याक छन् । भदौ १ मा ‘मिस्टर भर्जिन, जय शम्भु र ब्ल्याक’ नामक चलचित्रले मिति तोकेका छन् । भदौ १ का चलचित्रलाई भदौ ८ मा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल ५’ ले ठूलो चुनौती दिने देखिन्छ । ब्रान्ड र कलाकारका कारण चर्चामा रहेको ‘नाई नभन्नु ल ५’ लाई भदौ १ मा रिलिज हुने ३ चलचित्रलाई कडा टक्कर दिन सक्छ ।
यस्तै, भदौ १५ मा चलचित्र ‘चंगाचेट’ आउने फाइनल भएको छ । यो चलचित्र पनि ठूलो ब्यानरको भएकाले मल्टिप्लेक्समा कि त यसलाई ‘नाई नभन्नु ल ५’ले असर गर्नेछ या यसले ‘नाई नभन्नु ल ५’लाई असर गर्नेछ साथै भदौ २२ मा नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाको चलचित्र ‘रामकहानी’ले पनि चुनौती बढाउने देखिन्छ । यही दिन सलोन बस्नेत र साराको चलचित्र ‘सुश्री सम्पत्ती’ आउने पनि फाइनल भैसकेको छ भने अझै केही चलचित्र रिलिज हुने क्रममा छन् । यसरी चलचित्रको होड्बाजी चल्दा कुन चलचित्रले दर्शकको मन कतिको जित्ने छ भन्ने कुरा त चलचित्रहरु रिलिज भएपछी कतिको व्यापार गर्छ भन्ने कुराबाट थाहा हुनेछ ।






