लण्डन । धादिङ नुवाकोट समाज यूकेको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार अल्डरसट स्थित गोर्खा किचनमा आगामी ११ अगष्टमा हयारो फुटबल क्लबमा वार्षिक समर भेटघाट सम्पन्न गर्न विभिन्न उपसमिति निर्माण गर्दै साधारण सभा सम्पन्न भएको हो ।
धादिङ र नुवाकोटबाट बेलायतआई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूके (DNS UK) को ११ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष सी बी तामाङको अध्यक्षतामा सम्पन्न सो साधारण सभा महासचिब धन बहादुर पाख्रिनले संचालन गर्नु भएको थियो ।
धादिङ-नुवाकोट-रसुवा क्षेत्रको मौलिक संस्कृतिलाई प्रवासमा समेत संरक्षण र संबर्धन गर्ने अभिप्रायले २०११ देखि अस्तित्वमा रहेता पनि बिगत २ महिना अघी मात्र संस्थागत आकार दिईएको ‘मेन्दोमायां परिवार’ का संस्थापक अध्यक्ष हरि सिं गुरुङ तथा महासचिब बम ब्लदेनलाई स्वागत तथा सम्मानबाट शुरु भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष देबी रानी गुरुङले गर्नु भएको थियो । बिगत बर्षमा भए गरेका कृयाकलापहरुको बिस्तृत प्रतिबेदन महासचिब धन पाख्रिनले प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष दीप ब गुरुङले संस्थाको आयब्यय प्रस्तुत गर्नु भएको थियो ! ब्यापक छलफल पश्वात हलले सर्बसम्मले प्रगती प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पास गरेको थियो ।
अध्यक्ष सी बी तामाङले संस्थाले अल्पकालिन तथा दीर्घकालिन रुपमा लिन पर्ने कार्य दिशाको बारेमा संस्थागत उधेश्य, लक्ष, कार्यदिशा र योजनाहरु प्रस्तुत गर्नु भएको थियो । च्यारीटी दर्ता संयोजक कृष्ण प्रसाद तिमिल्सिनाले दर्ता प्रकृयाको बारेमा हाल सम्म भए गरेका प्रगति प्रतिबेदन प्रस्तुत गर्नु हुंदै सभामा उठेका जिज्ञासाहरुको जवाफ दिनु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष नारायण गुरुङ, पूर्ब अध्यक्ष राम बहादुर गुरुङ, निवर्तमान अध्यक्ष बम ब्लदेन, सल्लाहकार त्रय रामशरण सिमखडा, मे (री) बिष्णु घले, मोतीमान बज्राचार्यले संस्थाको भावी कार्यक्रमको बारेमा आफ्ना धाराणाहरु राख्नु भएको थियो ।
कार्यक्रमको दोश्रो शत्रमा नेपाली कन्सर्टको लागी मगर संघ यूकेको निमन्त्रणामा ईन्द्रेणी सांस्कृतिक परिवारकी कार्यक्रम संचालिका तथा धादिङकी राष्ट्रिय लोक तथा दोहोरी गायिका मीना लामालाई संस्थाक अध्यक्ष सी बी तामाङ, पूर्ब अध्यक्षहरु नारायण गुरुङ, राम बहादुर गुरुङ तथा मेन्दोमाया परिवारको तर्फबाट अध्यक्ष हरि सिं गुरुङले खादा, प्रमाण-पत्र तथा नगद सहयोगले सम्पान ब्यक्त गर्दै कला संस्कृती र जिल्लाको समेत पहिचानलाई उंचो राख्न कलाकार मीना लामालाई शुभ-कामन दिईएको थियो ।
सम्पानित कलाकार लामाले भाबबिभोर हुंदै यो सम्मान र मायांलाई संधै शिरमा राखेर यहांहरुको भावनाको कदर गरि रहने प्रतिज्ञा समेत गर्नु भएको थियो । ज्ञातब्य रहोस: धादिङ र नुवाकोट दुई जिल्लालाई समेटेर बनाईएको यस संस्था बिगत ११ बर्ष देखी बेलायतमा कृयाशिल छ र बिभिन्न समाजिक कृयाकलापमा कृयाशिल हुंदै आएको छ ।









