चार्ल्टन समाजको बारबीक्यू २२ जुलाई मा हुदै

लण्डन । चार्ल्टन नेपाली समाजले हरेक वर्ष गर्दै आएको बारबीक्यू कार्यक्रम आउँदो जुलाई २२ तरिक आइतबारका दिन हुदैछ।

चार्ल्टन नेपाली समाजले वार्षिक बारबीक्यू सधै जस्तै यसपटक पनि चार्ल्टन मेरिडियन स्पोर्ट क्लब अगाडिको पार्कमा गर्ने  तयारी छ । मध्य दिनबाट साँझसम्म चल्ने सो कार्यक्रममा मनोरन्जनका लागि विभिन्न सांस्कृतिक प्रस्तुति पनि रहनेछ ।

कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन आयोजक अहिले तिब्र तयारीमा जुटेको अध्यक्ष टंक कंडेलले जानकारी दिए ।