सार्वजनिक पदमा रहन ८ कक्षा अनिवार्य !

काठमाडौं– सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ अनिवार्य उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको छ ।

शिक्षाको अधिकारसम्बन्धी ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा सहमतिका लागि कानून आयोग पठाइएको छ ।

२०८३ वैशाख १ गतेपछि आधारभूत शिक्षा नलिएका व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् ।