काठमाडौं । क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।
क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो ।
प्रत्यक्षदर्शीहरुका अनुसार उड्ने वित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । त्यसपछि विमानमा आगो लागेको बताइएको छ ।
विमानमा चालक दलका सदस्यसहित १ सय १० जना थिए । दुर्घटनामा घाइते भएका तीन जनाको उद्दार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।






