लण्डन । नेपाल पत्रकार महासंघ ,बेलायत शाखा आगामी मे १९ मा हुने चौथो अधिवेसनमा आथित्य जनाउन नेपालबाट पत्रकारका नेताहरु लण्डन उत्रिएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश बिष्ट लण्डन ओर्लिएका हुन् ।
उनीहरुको स्वागत गर्न नेपाल पत्रकार महासंघ ,बेलायत शाखाका अध्यक्ष नरेश खपांगिमगर , पत्रकार भागीरथ योगी ,नबिन पोखरेल श्याम लुइँटेल ध्रुब राज अर्याल र शिब भण्डारी लगायत अरु दुई दर्जन पत्रकार विमानस्थल पुगेका थिए ।
बेलायतका पत्रकारहरु चुनावी मैदानमा उत्रिसकेका छन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष नरेश खपांगिमगर र उपाध्यक्ष ध्रुबराज अर्याल र वरिष्ठ उपाध्यक्षमा श्याम लुइँटेल र दिनेश परियार, उपाध्यक्षमा खेमराज रानाभाट र लिलामान शेरपुञ्जा तथा महासचिवमा नरेन्द्र बस्नेत ,संजय कंडेल विमला सेने र खुशी लिम्बु ,सचिवमा शिव भन्डारी र जगन कार्की , कोषाध्यक्षमा पुर्ण गुरुङ र सिद्धार्थ क्षेत्री भिड्ने भएका छन् भने सहकोषाध्यक्षमा रोशन राईको मात्रै उम्मेद्वारी छ।
त्यसैगरी सदस्यमा बोमबहादुर थापा, नरेश काङमाङ राई, सुरेन्द्र इङ्नाम, विश्वासदीप तिगेला, अनिल मल्ल, गणेश खड्का, मन्जु भन्डारी, जीवन सेन र नरेन्द्र नेम्वाङ गरि ९ जनाको उम्मेद्वारी छ ।
बेलायत शाखाको चौथो अधिवेसन अल्डरसटको एम्पाएर हलमा हुंदै छ ।






