कोटेश्वर-कलंकीमा बन्दैछ पाँच वटा आकाशे पुल

काठमाडौं । कलंकी-कोटेश्वर  सडक खण्डमा थप पाँचवटा आकाशे पुल बन्ने भएको छ। चीनको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भइरहेको चक्रपथअन्तर्गतको उक्त सडकखण्डमा ती पुलहरु बनाइन लागेको हो।

काठमाडौं चक्रपथ सुधार योजनाले उक्त सडक खण्डको विभिन्न भागमा ती पुलहरु बनाउन लागेको जनाएको छ।

सो योजनाका इन्जिनियर निरञ्जन शर्माले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना र सानेपामा पैदलयात्रीले बाटो काट्ने मुख्य चोकमा पुल बनाइने बताए। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।