आइपीएलको भविष्यवाणी, यो टीम बन्ने छ, च्याम्पियन

एजेन्सी। आइपीएल ११ मा टीमहरुबीच प्लेअफमा आफ्नो स्थान पक्का गर्न निकै संघर्ष गरिरहेका छन्। र, यतिबेला सनराइजर्स हैदरबाद टीमले दश खेल मध्ये आठ खेलमा जीत हासिल गर्दै अंकतालिकाको पहिलो नम्बरमा छ। यद्यपी आईपीएल सुरु हुँदा क्रिकेटका जानकारले सनराइजर्स हैदराबादलाई खासै महत्व दिएका थिएनन्। तर अहिले सबैको स्वर परिवर्तन भएको छ।  जसमा विराट कोहलीलाई प्र्रपोज गर्ने इंग्लिश महिला क्रिकेटर पनि शामेल छिन्।

डेनियल वेटले आईपीएल ११ को सुरुवातमै रोयल च्यालेन्जर्स बेंगलोर आइपीएलको च्याम्पियन बन्ने घोषणा गरेकी थिइन्। जबकि वेट विराट  कोहलीप्रति आकर्षित थिइन्।  आइपीएल अगाडि बढिरहँदा खेलाडीलाई लिएर गरिएका पूर्वानूमान पनि परिवर्तन हुँदै गएका छन्।

यतिबेला राशिद खानलाई लिएर किनै उत्सुकता छ। वेटले आइपीएलमा किनै राम्रो प्रदर्शन गरिरहेको भन्दै राशिदको निकै प्रशंसा गरेकी छन्। वेटले आफू राशिदसम्म भेट गर्न आतुर रहेको बताएकी छन्।

ट्वीटरमा डेनियल वेटसँग एक महिलाले यो सीजनको आइपीएलमा कसले बाजी मार्छ भनेर सोधेकी थिइन्, त्यसको जवाफमा उनले सनराइर्जले आइपीएलको उपाधि जित्ने बताएकी थिइन्।