काठमाडौं । अस्ट्रेलिया अध्ययनका लागि परामर्श दिदै आएको बाबा एजुकेशन कन्सलटेन्सीले अस्ट्रेलिया अध्ययनमा जान चाहने नेपालि विद्यार्थीका लागि “बाबा इन्फो सेसन -२०१८” गर्ने भएको छ । नेपालि विद्यार्थीहरुलाई संपुर्ण शैक्षिक जानकारी प्रधान गर्ने उदेश्यले अस्ट्रेलियाका प्रतिष्ठित कलेजका प्रतिनिधिहरुको उपस्थितिमा सो कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा उपस्थितहरुलाई सम्पूर्ण शैक्षिक जानकारी प्रधान गर्न बाबा एजुकेशन कन्सलटेन्सी अस्ट्रेलियाका मार्केटिङ तथा एडमिसन म्यानेजर अमृत शर्मा नेपाल प्रस्थान गरिसकेका छन् । 
आगामी जेठ १ गते काठमान्डूको न्युरोड, जेठ ३ गते भक्तपुरको सुर्यविनायक र जेठ ६ गते पोखराको आफ्नै अफिसहरुमा उक्त सेसन गर्न लागेको कन्सलटेन्सीका संचालक राजेन्द्र कुमार शर्माले जानकारी दिनुभयो । विद्यार्थीले प्रत्यक्ष रुपमा सम्बन्धित कलेजका प्रतिनिधिहरुसंगआवश्यक सुचना लिन सक्ने भएकोले उक्त सेसन आगामी इन्टेकमा जाने विद्यार्थीहरुलाई निकै नै लाभदायी हुने संचालक शर्माको ठम्याई छ ।
अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीका लागि बाबा एजुकेशन कन्सल्टेन्सीले हरेक कुरामा आवश्यक सहयोग गर्दै आएको तथा बिध्यार्थिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त सेसन बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म संचालन हुनेछ। बाबा एजुकेशन कन्सलटेन्सीले ब्राण्ड एम्बास्डरमा भने हास्य टेलिश्रृखला भद्रगोलका कुमार कट्टेल “जिग्री” र अर्जुन घिमिरे “पाँडे” लाई चयन गरेको छ। सेसनको सम्पुर्ण तयारी पुरा भैसकेको जानकारी लण्डन नेपाल न्यूज़लाई प्राप्त भएको छ ।






