लिस्बन । पोर्चुगलको राजधानी लिस्बनस्थित एक नेपालीको मृत्यु भएको छ ।
अचेत अवस्थामा फेला परेका २८ वर्षीय सुजत कार्कीको उपचारका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा निधन भएको हो।
कार्की विगत ३ वर्ष देखि पोर्चुगलको एउटा रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।
परिवार र आफन्तजनको सल्लाहबमोजिम उनको शव पोर्चुगलमै अन्त्येष्टी गरिने तयारी गरिएको गैरआवासीय नेपाली संघ का अदक्ष्य कुबेर कार्कीले बताए। कार्कीको शव परीक्षण रिपोर्ट भने प्राप्त नभएको उनले बताए।






