दुर्गा पाङमा सेवारो कलाकार संघ युकेको अध्यक्षमा चयन

लण्डन । गत शनिवार डिपकोट कम्युनिटी सेन्टर केम्वरलीमा भएको सेवारो कलाकार संघ युकेको तेश्रो अधिवेसनमा दुर्गा पांङमा पुनः अध्यक्ष चयन भएका छन् ।

पुर्ण साउदेन ,विमला लिम्वु , भिम मादेन , युवराज इस्वो र रिता फोम्वो क्रमसः उपाध्यक्षहरुमा चयन भएका छन् भने महासचिवमा जय मादेम्वा, सचिवमा शान्ति खिम्दिङ , कोषाध्यक्षमा सानु सुव्वा र सहकोषाध्यक्षमा भक्ती आङदेम्वेलाई चयन गरिएको छ।

उक्त अधिवेसनको पहिलो सत्रमा कलाकार रिता फोम्वो , दुर्गा पाङमा र भक्ती आङदेम्वेको संयुक्त एल्वम “इच्छिङमा” को विमोचन गरिएको थियो। प्रमुख अतिथका रुपमा उपस्थित भएका किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष दिलसींले नया कलाकारहरुले ल्याएका गीत ,संगीत , शब्दलाइ बजारमा उत्कृष्ट रुपमा चलाउन कलाकारहरु पनि संगठित हुन आवश्यक रहेको बताउदै हालसालै नया कृती तथा गीत (एलवम) निकाल्ने संघमा आवद्ध कलाकारहरुलाई पथाङ ओडाई सम्मान तथा वधाई पनि दिइएको थियो ।

वधाई तथा सम्मान पाउने कलाकारहरुमा सुवर्ण नेम्वाङ र नन्दशोभा नेम्वाङ (कुसङ साङलाङ) , दिलसी मेन्याङवो (दिलको श्रृजना),गौरीमाया साउदेन र पुर्ण साउदेन (इच्छिङ) र आसराज वोख्खिम हुन ।

कार्यक्रममा केवाईसी यूकेका उपाध्क्ष नगेन्दर नेम्वाड,किरात राई यायोख्खा संस्कृतिक मन्चका उपाध्यक्ष द्धव विनोद राई र निर्मला राई , किरात याख्खा छुम्माका उपाध्यक्ष वसुन्धरा राई , नेपाल आदीवासी जनजाती महिला संघ वरिष्ठ उपाध्यक्ष तथा केवासी थामेन्दिमा अध्यक्ष युमा लिम्वु, संस्थापक अध्यक्ष काजीमान याक्सो , सल्लाहकार तथा केवाइसी पुर्व अध्यक्ष डम्वर सिङगक लगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए। सो दिन विहानै किरात परम्परा अनुसार यक्वा पुजा अर्थात (उभौली) पुजा समेत सम्पन्न गरिएको थियो ।

हाक्पारे ,ख्याली विभागमा सुवर्ण नेम्वाङ र पदम सम्वाहाङफे , केलाङ (च्याव्रुङ) विभागमा कवित यक्सो , यालाङ (धान नाच) मा रिता फोम्वो र भक्ती आङदेम्वे र मुन्धुममा विरध्वज आङवोहाङ लिम्वुलाई जिम्मेवारी तोकिएको छ । निर्वाचन मण्डलको अध्यक्षमा संस्थापक अध्यक्ष काजीमान यक्सो , सदस्य सचिवमा लिला सेलिङमावो र सल्लाहकार डम्वर सिङगक सदस्य रहेका थिए ।