१५ सेप्टेम्बरमा वार्षिक उत्सब मनाउने एनआरएनए युएर्इको निर्णय

लन्डन । गैरआवासीय नेपाली संघ युएईले आउँदो सेप्टेम्बर १५ तारीख २०१७–०१९ कार्यकालको वार्षिक उत्सब भब्य रूपमा मनाउने भएको छ । एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा बसेको छैठौं नियमित बैठकमा बार्षिक उत्सबसहित विभिन्न विषयमाथि छलफल भएको हो ।

त्यस्तै यूएईले टोप बहादुर विक बचाउँ अभियानमा सहयोग गर्नेलाई सम्मान गर्ने भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईको छैटौं नियमित मासिक बैठकले सो निर्णय गरेको हो ।

टोप बहादुर बिक बचाउ अभियानमा आर्थिक सहयोग गर्ने सम्पूर्ण दाता संघ संस्था एवं ब्याक्तीहरुलाई एनआरएनए एनसिसि युएईको वार्षिकोत्सव समारोहको कार्यक्रममा सम्मानपत्रद्वारा सम्मानित गर्ने निर्णय गरिएको एनसिसी यूएई अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

बैठकले विभिन्न १३ बुँदे निर्णयसमेत गरेको छ । एनसिसी अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा युएईको सुन्दर नगरीमा बसेको बैठकको महासचिव कृष्ण पौडेलले सञ्चालन गर्नुभएको थियो ।