उदयपुर- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ ।
विप्लव माओवादीको नाममा उदयपुर तथा सिरहाका विभिन्न स्थानमा पटक–पटक बम विष्फोट गराउने घटनामा संलग्न र योजनाकारका रुपमा रहेको आरोपमा प्रहरीले राउतलाई खोजी र निगरानीमा राख्दै आएको थियो ।
बिहीबार विशेष गोप्य सूचनाको आधारमा राउत घरको एक छिमेकीकोमा आएर लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट गएको विशेष सुरक्षाबलले सिरहा इञ्चार्ज राउतलाई पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले बताएको छ ।






