काँडाघारीको चप्पल कारखानामा आगलागी

काठमाडौं : काठमाडौँको काडाँघारीमा रहेको एक चप्पल कारखानामा आगलागी भएको छ । शनिबार राति ९: १५ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

काठमाडौँ र भक्तपुरका दुई वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। अर्को थप एक दमकल पनि मगाइएको जानकारी काडाँघारीका प्रहरी निरीक्षक दीपक ढुङेगलले दिए । आगो निभाउन स्थानीयबासी र प्रहरी लागिरहेकाले क्षतिको विवरण र आगो लाग्नुको कारण नखुलेको उनले बताए