एजेन्सी। आइपीएल सीजन ११ मा अहिलेसम्म १९ खेल भइसकेका छन्। तर यो सीजनको सबैभन्दा चर्चित कुरा गर्दा त्यो नाम हो क्यारेबियन विस्फोटक बल्लेबाज क्रिस गेलको। जब रायल च्यालेन्जर्स बैंगलोरले उनलाई रिटेन गरेन, तब उनको निकै चर्चा भयो।
फेरि आइपीएलमा जे भयो त्यो हैरान पर्ने वाला थियो। दुई करोड रुपैयाँको बेस प्राइज भएका गेललाई सुरुमा कसैले किनेनन्। फ्रेन्चाइजको मागमा उनलाई दोस्रो चरणमा शामेल गरियो। तर यो पटक पनि उनको भाग्यको ढोका खुलेन। अन्तिम समयमा वीरेन्द्र सहगावको इसारामा प्रीति जिन्टाले गेललाई किन्ने जोखिम उठाइन्। यद्यपी त्यो बेला अक्शन हलमा बसिरहेका सबै टीमा प्रतिनिधि प्रीति जिन्टा र सहवागलाई हेरेर हाँसिरहेका थिए।
तर आज आइपीएलमा क्रिस गेलका ब्याटको धमकाले आफ्नो फ्रेन्चाइजी मालिक, मेन्टर र खेलाडी साथी बाहेक क्रिकेट प्रेमिको अनुहारमा खुशी ल्याएको छ। गेललाई आपीएलमा अहिलेसम्म आइपीएलमा तीन खेलमात्र खेल्ने मौका मिलेको छ। र उनको स्कोर छ, ६३ रन, १०४ नटआउट र ६२ नटआउट। यो स्कोर गेलले चेन्नाई सुपर किंग्स, सनराइजर्स हैदराबाद र कोलकाता नाइट साइडर्सजस्ता टीम विरुद्ध बनाएका हुन्। जसलाई आईपीएल सर्किटको सबैभन्दा बलियो टीमका रुपमा हेरिएको थियो। गेल एक पटक फेरि आईपीएलमा आफ्ना विरोधीकालागि खतरा बनेका छन्।
टीम इण्डियाको विस्फोटक बल्लेबाज वीरेन्द्र सहवागले हालै कोलकाामा भएको एक कार्यक्रममा क्रममा भनेका थिए, ‘मैले गेलबाट यस्तै धमाकेदार खेलको आशा गरेको थिएँ, के त्यो ठिक ठिएन ? मैले आइपीएललाई बचाएँ, किनभने कोही पनि गेलभन्दा राम्रो खेलाडी छैनन्। मैले गेलबाट यही आशा गरेको थिएँ।’
क्रिस गेलले पनि सनराइजर्सको विरुद्ध शतकीय पारी खेलेपछि सहवागको तारिफ गर्दै भनेका थिए, ‘सहवागले मलाइ किनेर आइपीएललाई बचाए।’ साँच्चै भन्ने हो भने आज सबैतिर गेलको मात्रै चर्चा छ। जसबाट के प्रमाणित हुन्छ भने युनिभर्सल बोसको दबदबा कायम छ।
गेलले अलिहेसम्म आइपीएल ११ मा तीन खेल खेलेका छन्। जसमा उनले १७०.८९ को स्ट्राइक रेटबाट २२९ रन एक शतक र दुई अर्थशतकको सहयोगले बनाएका छन्। यो क्रममा उनले २१ छक्का पनि जोडेका छन्। जुन मौजुदा सीजनमा सबैभन्दा धेरै हो। जवकि विराट कोहली २३१ रनकासाथ उनी भन्दा केही अगाडि छन्।
क्रिस गेलले आइपीएलमा २००८ मा कदम राखेका थिए। जुन पहिलो सीजन थियो। उनले अहिलेसम्म १०४ खेलमा ३८५५ रन बनाएका छन्। जसमा ६ शतक र २३ अर्धशतक शामेल छन्। उनको सबैभनन्दा धेरै स्कोर १७५ हो। उनले अहिलेसम्म ३६८ छक्का प्रहार गरिसकेका छन्।






