मुक्तिनाथ दर्शनका लागि भारतबाट भित्रने पर्यटकका कारण म्याग्दी जिल्लावासी स्वाइनप्mलुको उच्च जोखिममा परेका छन् । छिमेकी देश भारतमा महामारीको रुप लिइरहेको स्वाईनफ्लुले देशका अन्य क्षेत्रमा जस्तै म्याग्दीलाई पनि जोखिममा पारेको हो । जिल्ला भित्रने सवारीसाधन तथा भारतबाट नेपाल फर्कनेबाट संक्ररमण फैलनसक्नेप्रति सचेत रहँदै प्रचारप्रसारलाई तीव्रता दिन सरोकारवालाले आग्रह गरेका छन् । मुक्तिनाथ दर्शनका लागि भारतबाट धेरै पर्यटक आउने गरेकाले संक्रमणका बारेमा जानकारी गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो । स्वाईनप्mलु रुघाखोकी जस्तै सम्बन्धित बिरामीले खोक्दा, हाच्छिउँ गर्दा र बोल्दा मुखबाट निस्कने पानीका स–साना कणलगायतको माध्यमबाट छिट्टै एकअर्कामा फैलिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।
म्याग्दीको ३ सय ५० हेक्टरभन्दा बढीको लेकाली जङगलमा नेपाली कागज बनाउन प्रयोग गरिने लाखौं रुपैयाँको बरुवा वनमै अलपत्र परेको छ । उचित स्रोत र साधन नभएपछि गुर्जा, लुलाङ, मुदी र नारच्याङ गाविसमा पर्ने लेकाली जंगलको बरुवा खेर गएको हो ।
म्याग्दीमा स्वाइनफ्लुको जोखिम






