प्रमोदले शिल्पालाई देखाए धारिलो छुरा (भिडियो)

धारिलो छुरा हात काट्ला मायाले रेला नगर
इज्जत माथि दाग लाग्ला मायाले खेला नगर
चर्चित युवा गायक गायक प्रमोद खरेल र पूर्णिमा लामाको गीत ‘धारिलो छुरा’को म्यूजिक भिडियोले छोटो समयमै लोकप्रियता कमाएको छ ।

दीपक शर्माको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका हुन् । गीतमा अभिनेत्री शिल्पा पोखरेललाई दीपेशजंग थापाले साथ दिएका छन् ।