काठमाडौं– भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसहित परराष्ट्र मामिलाका जानकार व्यक्तित्वहरुसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेदेखि छलफल सुरु भएको हो ।
छलफलमा भारत भ्रमणका क्रममा नेपालले उठाउनु पर्ने विषयबारे ओलीले सुझाव माग्ने बताइएको छ ।
छलफलमा पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, लोकेन्द्र बहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागि छन् ।
यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मामिलाका जानकार भेष्बहादुर थापा, निलम्बर आचार्यलगायतको पनि बैठकमा सहभागिता रहेको छ ।
ओलीले शुक्रबारदेखि भारतको दुई दिने राजकीय प्रमण गर्दैछन् ।






