काठमाडौ– माओवादी सांसद पम्फा भुसालले काठमाडौ उपत्यकाको बाहिर चक्रपथको योजनाको पुनःडिजाइन गर्न माग गरेकी छन् ।
सांसद भुषालले संसद बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै काठमाडौ तराई जोड्ने दु्रतमार्ग आर्थिक विकासको मेरुदण्ड हुने भएपनि त्यसको सर्भे डिजाइन जनसहभागिता विनै गरिएकोका आपत्ति समेत जनाइन् ।
उनले खोकना र बुङमतिमा भएका कला संस्ककृतिको संरक्षण गरेर मात्रै योजना अघि बढाउन माग माग गर्दै १२ बर्ष पहिलाको खोकनाको बस्तीको अध्ययन गरेर मात्रै योजना अघि बढाउन सुझाब दिइन् ।
त्यस्तै उनले केही ठुला योजनाका नाममा विकासको साटो विनास हुदै गएको त हैन भनेर प्रश्न पनि गरिन् । भुषालले १३३ केभी विद्युत प्रशारण विस्तार गर्ने क्रममा अपनाइएको प्रवृतिले जनता आतंकित भएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
त्यस्तै संघीय समाजबादी फोरमाका सांसद राजेन्द्र श्रेष्ठले फास्ट ट्रयाक विस्तार र अरु सडक विस्तारका क्रममा सरकारले चालेको कदम उचित नभएको भन्दै पीडितहरुलाई उचित क्षीपुर्तिको व्यवस्था गर्न माग गरे । उनले क्षतीपुर्ति माग्दा प्रशासनले पानीको फोहोरा चलाएर ज्याजती गरेको आरोप लगाए ।
एमाले सांसद कृष्ण प्रसाद दाहालले भुकम्प पीडितहरुलाई दिने भनेको अनुदानलाई सहज बनाउन माग गरे । अर्का सांसद विरोध खतिवडाले प्रदेश र केन्द्रका मन्त्रीहरुले फरक फरकका झण्डा प्रयोग गरेको भन्दै एकरुपता ल्याउन आग्ह गरे ।
साँसद यज्ञराज सुनुवारले भुकम्प गएको तीन बर्ष हुन लागेको भन्दै यो विचमा ५ प्रधानमन्त्री फेरिए पनि जनताले केही नपाएको बताए । पीडितहरु चार दिन लगाएर पैसा लिन जाँदा पनि अनुदान पाउन नसकेर रित्तो हात फर्किनु परेको बताए ।
सिंहदरवारको अधिकार गाउगाउमा पुर्याउने भने पनि ७५३ स्थानीय निकायमध्ये धेरै निकायमा बैंक समेत पुग्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै सांसद गणेशसिंह ठगुन्नाले दार्चुला र धार्चुला सडकमार्ग विस्तारमा जोड दिए । उनले महाकाली नदिको सीमा व्यवस्थापन गर्न, पञ्चेश्वर परियोजनालाई अविलम्ब सञ्चालन गर्नतर्फ प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ध्यान दिनुपर्ने बताए ।
सांसद अनिलकुमार झाले अर्थमन्त्री युवराज खतिवडाले जारी गरेको स्वेतपत्रप्रति टिप्पणी गर्दै मुलुकको अर्थतन्त्रलाई थप कमजोर बनाएको बताए । विगतका धेरै सरकार काँग्रेस एमाले र माओवादीले सम्हालेको भन्दै त्यसवेलाका अर्थमन्त्रीले गरेका खर्चका बारेमा संसदले जाँच गर्ने संयन्त्र बनाउनुपर्ने बताए ।






