लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले शनिबार साँझ च्यारिटी कार्यक्रम गरेको छ । अल्डरसटमा भएको ‘च्यारिटी डिनर वीथ बक्सिङ शो’मा ब्रिटिस बक्सरहरु अतिथिमात्रै थिएनन्, उनीहरुले रिङमा भीडन्त गरेर मनोरञ्जन दिए ।
एनआरएन यूकेका उपाध्यक्ष तथा च्यारिटी विभाग संयोजक प्रेम गाहामगरको संयोजनमा भएको कार्यक्रममा ब्रिटिस प्रोफेसनल बक्सरहरु वल्ड नम्बर थ्री जोन राइडर, १९९६ लन्डन एबीए फाइनलिस्ट अलान साउथवीक, ग्रेट ब्रिटेन बक्सिङ टिमका नम्बर २ खेलाडी क्रिस ब्रोक र यूरोपियन च्याम्पियन नेपाली आदिप राना सहभागी भए ।
बेलायतका विभिन्न क्लवमा आवद्ध खेलाडीहरुले दुई राउण्डमा आफ्नो प्रस्तुति देखाए । बक्सिङलाई सामाजिक कामसँग जोड्न खोजेको बताउँदै संयोजक गाहामगरले आगामी दिनमा खेलसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने बताए ।
बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएन आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, महासचिव आर के त्रिपाठीले लन्डनमा पृथक कार्यक्रम भएको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा गोर्खाहरुको खुकुरी डान्स र अक्सन कार्यक्रमले रोचक बनाएको थियो ।
कार्यक्रमको प्रतक्ष्य प्रसारणको स्थल्गत भिडियो रिपोर्ट शिब भण्डारीका साथमा सहकर्मि गणेश खड्का र गुडदेब घिमिरेले तयार पारेको पुरा भिडियो हेर्नुहोस् :
https://www.facebook.com/londonnepalnews/videos/1583021568483032/





















