नेप्लिज न्यू इयर ’मा प्रिति आले, रश्मी तामाङ, सहित मोडलले लन्डन तताउने ? हेर्नुस को को छन् कलाकार

लन्डन– नेपाली नयाँ वर्षको अवसरमा आर एण्ड जी इभेन्ट्सले अल्डरसटमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

आगामी अप्रिल १३ तारिखमा साँझ ७ बजेदेखि राति साढे १२ बजेसम्म अल्डरसटस्थित प्यालेस भवनमा ‘नेप्लिज न्यू इयर नाइट’ आयोजना गरिएको आयोजक टिमका युवा समाज सेबी हेम गुरुङले जानकारी दिए । कार्यक्रममा नेपाल तथा बेलायतस्थित नेपाली चर्चित कलाकारको प्रस्तुति रहने अर्का आयोजक ग्यान गुरुङ् तथा राजन गुरुङ्ले लन्डन नेपाल न्युजका सम्पादक शिब भण्डारी संगको सम्बादमा बताए ।

कार्यक्रममा अहिलेकी चर्चित गायिका एबम बेली डान्सर प्रिति आले मोडल तथा नृत्य कलाकार रश्मी तामाङ, अभिनेत्री छुल्ठिम गुरुङ,बेलायत मै रहेका स्थानीय नृत्य कलाकार मोडल तथा नृत्य कलाकार प्रतिष्ठा त्रिपाठी,स्नेहा गुरुङ, गायिका निकिता मगरको प्रस्तुति रहनेछ ।

अल्डरसटस्थित प्यालेसमा आयोजना हुने नया वर्ष धमाकाका लागि आयोजक अहिले तिब्र तयारीमा जुटेको छ ।

कार्यक्रममा उपस्थित भएर मनोरंजन लिन एबम कलाकार हरुको हौसला बढाइदिन युवा समाज सेबी हेम गुरुंगले बेलायतबासी नेपालीहरुलाई आव्हान गरेका छन् ।

कार्यक्रमको प्रवेश शुल्क मात्र १५ पाउण्ड तोकिएको छ ।