अर्को वर्ष पानी जहाजको उद्घाटन गर्छु : प्रधानमन्त्री

????????????????????????????????????

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्ष नेपालको पानी जहाजको उद्घाटन गर्ने दावी गरेका छन्। आज बालुवाटारमा युवा परिषद्का पदाधिकारीलाई ब्रिफिङ गर्दै उनले यस्तो दावी गरेका हुन्।

प्रधानमन्त्री ओलीले रेलको उद्घाटन कहिले गर्ने भन्न नसके पनि नेपालको पानी जहाजको उद्घाटन भने सन् २०१९ मै गर्ने बताए।‘नेपालमा रेल ल्याउने कुरामा तपाईलाई शंका छ,’ प्रधानमन्त्री ओलीले भने, ‘रेलको उद्घाटन कहिले गर्ने अहिले भन्न सक्दिनँ। यो २०१८ हो। २०१९ मा म पानी जहाजको उद्घाटन गर्छु,’ उनले कारण खुलाउँदै अगाडि भने, ‘किन भन्दा पानी जहाजको लागि बाटो चाहिँदैन। रेलको लागि बाटो चाहिन्छ।’

प्रधानमन्त्रीले पानी जहाज यात्रुवाहक हुने कि मालवाहक हुने भन्ने कुरा भने खुलाएनन्।प्रधानमन्त्रीले रेल कहिले उद्घाटन गर्ने भन्नेबारे अनभिज्ञता जनाए पनि अबको सात महिनामा उनले जनकपुर-जयनगर रेल उद्घाटन गर्न सक्ने संकेत देखिएको छ।