नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत माओवादी नेतृत्वको मोर्चाले गर्ने आन्दोलनले संविधान लेखन प्रक्रियामा कुनै प्रभाव नपर्ने बताएका छन् । उनले जनतामा भ्रम छर्ने उद्देश्यले मात्र आन्दोलन गर्न लागिएको आरोप समेत लगाएका छन् ।
बुधबार राजधानीमा युवा संघले गरेको अन्तरक्रियामा ओलीले अतिवादी एजेन्डा स्थापित गर्ने उद्देश्यले गरिने आन्दोलनमा जनताले साथ नदिने बताए । अतिवादी सोचविरुद्ध सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले ‘पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुलाई सहमति कार्यान्वय गर भन्नु हाँस्यास्पद भएको बताए । पूर्वराजासँग कुनै सहमति नभएको दाबी गर्दै उनले सहमति कार्यान्वयन गर भन्नु ‘मरिसकेको सर्पले पुच्छर हल्लाउन खोजेजस्तै’ भएको टिप्पणी गरे । दलहरुबीच अनौपचारिक छलफल जारी रहेको भन्दै उनले सहमतिका लागि अधिकतम् प्रयास गर्ने समेत बताए ।
मरेको सर्पले पुच्छर हल्लाएजस्तै






