स्वास्थ्य सचेतना कार्यक्रम मार्च १ मा हुदै:

शिब भण्डारी

लन्डन । नेपालीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन आगामी मार्च १ तारिखका दिन  स्वास्थ्य सचेतना कार्यक्रम हुने भएको छ ।हार्ट फाउण्डेशनको अगुवाइमा स्वास्थ्यसंग सम्वन्धित विभिन्न संघसंस्थाहरु नेप्लिज ब्ल्ड डोनर्स एसोसिएसन यूके, नेप्लिज नर्सिङ एसोसिएसन यूके: र नेप्लिज डक्टर एसोसिएसन यूके मिलेर कार्यक्रम गर्न लागिएको हो,

उक्त कार्यक्रममा डा अरुण झाले स्ट्रोक, डा. अच्युत धितालले क्लिनिकल कार्डियोलोजी, बिकलचन्द्र आचार्यले मुटुरोग र जोखिमहरू, एभरेष्ट गौतमले ब्लड डोनेसन र सुशिला कार्कीले सिपीएस् सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नेछन् ।

झा डक्टर्स एसोसिएसनका अध्यक्ष हुन् भने आचार्य हार्ट फाउण्डेशन यूके अध्यक्ष, गौतम ब्लड डोनर्स एसोसिएसन यूके अध्यक्ष र कार्की नर्सिङ एसोसिएसनकी अध्यक्ष हुन् ।

उक्त कार्यक्रममा बेलायतमा रहेका सम्पूर्ण नेपालीबाट सकारात्मक सहयोग हुने अपेक्षा कार्यक्रम संयोजक प्रसुना कंडेल र जया राईको छ ।उक्त कार्यक्रम  सिभिल इञ्जिनियरिङ पव एण्ड ब्लु अर्किड रेष्टुरेन्ट नर्थहोल्टमा मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म गर्ने जानकारी रहेको  छ