राष्ट्रपतिको निर्वाचन : अन्तिम मतदाता नामावलीमा कुनै हेरफेर हुन सक्दैन

????????????????????????????????????

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश नभएका निर्वाचक मण्डलका सदस्यहरूले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारहरू प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ–मतदाता नामावली सम्बन्धी ऐनको दफा २१ मा “दफा २० को उपदफा (२) बमोजिम प्रकाशित अन्तिम मतदाता नामावलीमा कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन सकिने छैन ।” भन्ने व्यवस्था रहेको छ । आगामी राष्ट्रपति निर्वाचनको लागि २०७४ फागुन २२ गते निर्वाचक मण्डलका सदस्यहरूको अन्तिम नामावली प्रकाशन भइसकेको छ ।

फागुन २२ गते प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका निर्वाचक मण्डलका सदस्यहरूले मात्र राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।