हनिमुन मनाउने क्रममा बन्यो विश्व रेकर्ड

dutch honeymoonerएक डच मूलका व्यक्तिले श्रीलंकामा हनिमुन मनाउनका लागि चार हजार फिट अग्लो पहाड चढेर संसारको दृश्यवलोकन गरिरहेका थिए तर अचानक उनको खुट्टा चिप्लँदा उनी चार हजार फिट तल खसे । तर अचम्मको कुरा के छ भने यति माथिबाट खस्दा पनि उनलाई केहि भएन ।
dutch honeymooner2३५ वर्षीय ममिथो लेन्डासको दुर्घटना त्यतिबेला भयो तब उनी आफ्नी श्रीमतीको तस्बिर खिचिरहेका थिए ।
dutch honeymooner1डेली मेलका अनुसार घटनाको सूचना पाउने बित्तिकै राहत दलले ती व्यक्तिको ज्यान बचाए र उनी इतिहासमा यो उचाईबाट खसेर पनि जिउँदो भएको पहिलो व्यक्ति बन्न सफल भए । सुरुवातमा ४० सैनिकहरु उनको बचाउनका लागि संलग्न भएपनि पछि सेनाको हेलिकप्टर नै बोलाउनु परेको डेली मेलले बताएको छ । सैनिकहरुले डोरीको मद्दतले लेन्डासको ज्यान बचाउन सफल भएका हुन् ।
dutch honeymooner3श्रीलङ्का आर्मीका प्रवक्ता ब्रिगेडियर जयनाथ जयवीराका अनुसार उनको भाग्य बलियो भएका कारण बाँच्न सफल भएका हुन् । उनी भन्छन्, ‘लेन्डास निकै भाग्यमानी हुन् । उनी १३० फिटमाथिबाट रुखमा खसेका हुन् ।’
dutch honeymooner4चार हजार फिट माथिबाट खस्दा पनि उनी जीवित हुँदा थुप्रै मानिसहरु अचम्ममा परेका छन् ।