इटाली । गैर आवासीय नेपालीसंघ इटालीको कार्यसमितिको चौथो बैठक सम्पन्न भएको छ । संघका अध्यक्ष दिपेशकुमार रेग्मीको अध्यक्षतामा इटालीको पारमा बैठक सम्पन्न भएको हो । बैठकले बिभिन्न महत्त्वपूर्ण बिषयहरुमा छलफल गरि निर्णयहरु गरेको अध्यक्ष रेग्मीले जानकारी दिए ।
उनका अनुसार बैठकले विभिन्न स्थानीय नेपाली समाजहरु संघ सहकार्य गरि एनआरएनए इटाली, इटाली भित्र रहेका नेपालीहरुको छाता सङ्गठन रुपमा रही सम्पूर्ण समस्याहरुको समाधान गर्न सफल हुनेछ भन्ने पूर्ण विश्वास ब्यक्त गर्दै संघलाइ सबल र सफल बनाउन लागिपर्नेलगायत महत्वपूर्ण निर्णय गरेको छ ।






