कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१३ अत्तरियाबजारनजिकै शनिबार दिउँसो एक यात्रीबहाक बस दुर्घटना हुँदा दुई दर्जन बढी घाइते भएका छन् ।
दुर्घटनामा परी दुई दर्जन बढी घाइते भएको र तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।






