लन्डन । यूकेका आदिवासी महिलाहरुले आफनो सहयोगी हात फैलाउँदै लगेका छन् । सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएको यूकेका आदिवासी महिलाहरुले संयुक्त अपाङग एकता आवाज केन्द्रलाईआर्थिक सहयोग गरि आफना सहयोगी हात अझ फैलाएका हुन ।
नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतले काठमाण्डौंस्थित संयुक्त अपाङग एकता आवाज केन्द्र नेपाललाई आर्थिक सहयोग प्रदान गरेको हो । महिला महासंघ युकेको तर्फबाट गत फेब्रुवरी १२ का दिन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका महासचिव कर्मा पहाडी शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन ।
सो कार्यक्रममा शेर्पा ओल्ड म्युजिक प्रा. ली. का निर्देशक आङ कुंगा निमा शेर्पा, नुमुज ब्युटी पार्लरका निर्देशक आङ फुर्बा शेर्पा, फुजी स्टुडियोका निर्देशक तेन्जिङ लामा र जीवन जीको प्रत्यक्ष उपस्थिति रहेको थियो । संयुक्त अपाङग एकता आवाज केन्द्रको तर्फबाट केन्द्रका सञ्चालक तिल बहादुर कार्कीले रकम बुझिलिंदै नेआजमम यूके अध्यक्ष बिमाला कुमारी राई, महासचिव बशुन्धरा याक्खा, नेआजममका टिम र सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गरे ।
जनजाति महिला महासंघ बेलायतले गत जनवरी २८ मा लण्डनमा सम्पन्न गरेको च्यारिटीबाट संकलित रकममध्येबाट ७५ हजार रुपैया अपाङगहरुलाई सहयोग गरेको हो । च्यारिटी डिनरबाट उठेको बाँकी रकम पर्वतारोही जनजाति पत्रकार देउराली चाम्लिङ र उनको समुहलाई सगरमाथा आरोहण अभियानको लागि आर्थिक सहयोग गरिने जनाइएको छ ।
नेआजमम यूके अध्यक्ष बिमला कुमारी राईले सामाजिक कार्यमा सक्रिय भएर लाग्न पाउँदा निकै आनन्न आउने बताउँदै अझ यस्ता सहयोगी हात बढाउँदै लग्ने जानकारी गराइन ।






