पोखरा- एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सोमबार दिउँसो गुरुङले आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउँदै प्रदेश प्रमुख समक्ष संसदको हस्ताक्षर सहित दाबी पत्र पेश गरेको केहीबेरपछि प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई अघि मुख्यमन्त्री घोषणा गरेका हुन् ।
एमालेका २७ र माओवादी केन्द्रको १२ गरी ३९ जनाको हस्ताक्षर पोखराको सहिद चोकमा रहेको प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।
मुख्यमन्त्रीमा किरण गुरूङसँगको लामो रस्साकसीपछि उनले मुख्यमन्त्रीमा बाजी मार्न सफल भए । पत्र बुझाउन एमालेका प्रदेश नं चारका संयोजक किरण गुरुङ र माओवादी केन्द्रका इन्चार्ज देव गुरुङ पनि साथै गएका छन्।






