लण्डन । चर्चित गायक हिमाल श्रेष्ठको नयाँ गीत ‘लाएको माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा नवक्रान्ति ब्याण्डका मनिष गोदारको शब्द तथा संगीत रहेको छ । एक्सेल इन्टरटेन्मेन्ट यूकेद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका हुन् । विदुर पाण्डेद्वारा छायांकन गरिएको भिडियोमा वैदेशिक रोजगारीले निम्त्याउने पारिवारिक विचलनलाई चित्रण गरिएको छ ।
सहिन प्रजापति, अनुष्का अधिकारी तथा प्रतिक मुडवरीले अभिनय गरेको म्युजिक भिडियोको रिलिज संगै चर्चा पनि चुलिएको छ ।
गीतको म्युजिक भिडियो हेर्नुहोस :






