लन्डन । रक्त क्यान्सर भई भरतपुर क्यान्सर अस्पतालमा मृत्युसँग जुधिरहेका रोल्पा माडि गाउँपालिका ५ भाबाङका सहिद पुत्र २९ वर्षीय सन्तोष बुढा मगरलाई लन्डनबाट शुस्मा राईले सहयोग गर्नुभएको छ । मृत्युको जीवन रक्षाको लागि रामप्रसाद राई फाउन्डेसनकी अध्यक्ष सुस्मा राईले दश हजार रुपैयाँ सहयोग गर्दै सबैलाई सहयोग गरेर जीवन बचाइदिन आग्रह गर्नुभएको छ ।
सन्तोषको उपचारका लागि सहयोग जुटाउन माडी गाउँपालिका– ५, भाबाङ वडापालिकाको पहलमा रोल्पा लिबाङस्थित ग्लोबल आइएमई बैंकमा उहाँको जेठान अमृतबहादुर घर्तीको नाममा खोलिएको ३३०९०१११५०२७२ नंम्बरको खातामा सिधै सहयोग जम्मा गर्न सकिनेछ ।






