एक सातापछि हिउँमा हराएका बालक सकुशल भेटिए

काठमाडौं– फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक जोन तामाङ भेटिएका छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले आफन्तले खोजी गर्ने क्रममा ती बालक भेटिएको बताए । ‘म बच्चा भेटिएको ठाउँबाट फर्किंदै छु,’ सिलवालले भने।

ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा अध्ययनरत उनी गत बिहीबार फुल्चोकीमा हिउँ हेरेर फर्किदा हराएका थिए। विद्यालयका प्रिन्सिपलसहित ५ र ६ का ११ विद्यार्थी हिउँ हेर्न गएका थिए। कक्षा ६ बाट फुल्चोकी जानेमा तामाङ एक्ला थिए।