एक लाख ८० हजार शरणार्थीहरुलाई ग्रीन कार्ड उपलब्ध गराउँदै अमेरिका

वासिङटन । करिब दुई लाख शरणार्थीहरुलाई अमेरिकाले ग्रीन कार्ड उपलव्ध गराउने भएको छ। विगत १२ वर्षदेखि अवैधानिक रुपमा बस्दै आएका करिव एक लाख ८० हजारलाई यो सुविधा दिने तयारी थालेको हो । प्रशासनले विभिन्न समयमा अमेरिका प्रवेश गरेका शरणार्थीहरुलाई ग्रीन कार्ड दिने योजना बनाएको विभिन्न समाचार एजेन्सीले बताएका छन् ।

ह्वाइट हाउसले अमेरिका प्रवेशको सजिलो माध्यम बनेको डिभि रोक गर्ने योजना समेत बनाएको छ। डिभि फर्म भरेर हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट पचास हजार मानिसहरु अमेरिका प्रवेश गर्ने गरेका छन्। प्रयेक वर्ष विश्वका विभिन्न मुलुकबाट करिव चौध लाखले अमेरिका जाने लालसामा डिभी र्फम भर्ने गरेका छन्।