दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, कम्तीमा ३५ को मृत्यु

लन्डन । दक्षिण कोरियाको एक अस्पतालमा आगलागी भएको खवर छ । सो आगलागीमा परि कम्तिमा ३३ जनाको मृत्यु भएको विभन्नि समाचार एजेन्सीहरुले जनाएका छन् । दक्षिण कोरियाको दक्षिण–पुर्वी शहरमा रहेको सेजोङ हस्पिटलको पहिलो तल्लामा आगलागी भएको स्थानीय अधिकारीहरुले बताएका छन् । शुक्रवार सवेरै भएको आगलागिमा परि कम्तिमा ७० जना घाइते भएका सीएनएनले जनाएको छ ।