जगन कार्की
लण्डन । नेपालको हरेक राजनीतिक क्षेत्र होस वा अन्य क्षेत्र होस राम्रो वा नराम्रो जुनसुकै काम गर्दा पनि ओलोचीत बन्ने गरेको यर्थात छ । कुनै पनि आलोचना सत्य तथ्यमा आधारित नभई हल्लामा बढी केन्द्रित र अराजक शैलीका पनि हुन्छन् । अर्को थरीका आलोचना भने सुध्रन र सचेत गराउन प्रेरित गर्ने खालका पनि हुन्छ । यी दुवै आलोचनालाई हामीले गम्भिर ढंगले विश्लेषण गर्नुपर्ने हुन्छ । तर अनावश्यक र कर्कस एकोहोरो आउने आलोचनालाइ भने कानमा तेल हाल्नुको विकल्प हुँदैन् । के ठीक, के बेठिक, कसो गर्दा राम्रो , कसो गर्दा नराम्रो, आवश्यक जानकारी पनि नदिएर गरिने एकोहोरो आलोचनाहरु पक्कै पनि निन्दनीय छन् भने आफुले भनेको जस्तो भएन र आफुले डाडु पुन्यु पाइन भनेर लोकतान्त्रिक ढंगले व्यापक जनसहभागिताले चुनेको कार्यसमितिलाई खुइल्याउने , नेतृत्वलाई बदनाम गर्ने शैलीले आफ्नो व्यक्तिगत अभिस्ट त पुरा गर्ला तर संस्था , हाम्रा मूल्य मान्यता र हामीले खोजेको सभ्य समाज बन्न भने अवश्य पनि योगदान गर्ने छैन ।
हाम्रो समाजमा यो गर , त्यो गर भनेर आदेश र प्रवचन दिनेहरु प्रसस्त भेटिन्छन । तर काम गर्ने वा गरेको कामलार्इ हौसला दिनेहरु कम छन् यसर्थ हरेक भुक्ने कुकुरहरुलाई ढुंगा हानेर आफ्नो समय बर्बाद गर्न ब्यर्थ नै हो भनें चलन रहेको छ । यस हप्ता नेपालमा लगानीका लागि गैर आवासीय नेपाली संघ बेलायतद्वारा गरिएको पहल सराहनीय छ । बिश्वका अन्य देशलाई पछि पर्दै बेलायतको कार्यसमितिले यो पहलकदमीको नेतृत्व लिनु राम्रो काम हो ।
राष्ट्र बैंकका गभर्नर, गैर आवासीय नेपाली संघको मूल नेतृत्व सबैलाई डाकेर गरिएको कार्यक्रमले १० अर्बको लगानीको ढोका खोलेको छ । एकै प्रकारको कार्यक्रम २ स्थानमा गरिनु र कार्यसमितिभित्रका साथीहरु नै पाहुना पल्टेर कुर्सिमा बस्ने , फेसबुकमा आफ्नै विरोध गर्ने र कार्यक्रमलाई नै सहयोग नगरेका दृश्यहरु भविष्यमा सिक्नु पर्ने गतिला पाठका रुपमा रहेको देखियो । अझ सल्लाहकारहरुको नाम पढ्दा छेउमा आएर मेरो पनि भन है भन्ने बितिकै समाबवेश गरेर पढेको शैलीलाई किमार्थ समर्थन गर्न सकिन्दैन । हो त्यति विधी सल्लाहकार नियुक्ति गर्दा कमजोरी भएकै हुन । तर अब भयो बिग्रीयो भनेर आतिने अवस्था छैन । नेतृत्वलाई गुमराहमा राख्दै यस्तै सस्तो शैलीले काम गर्दै जाने हो भने बचेखुचेको साख पनि जोगिने देखिन्न् । कमजोरी छन् त्यसैले सुध्रिने मौका छ । समस्या छन्त्य, सैले राम्रो राम्रो काम गर्ने अवसरहरु छन् ।
यसर्थ सल्लाहकर नियुक्ति अघि पनि पंक्तीकारले केहि प्रस्ताव गरेको थियो जसलाई फेरी एकपटक दोहोर्याउन चाहन्छु । कार्यसमितिले तीन सय जना सल्लाहकार ज्यूहरुको सल्लाहकार परिसद बनेको निर्णय गरिदिनुहोस । उक्त परिसदमा १ जना संयोजक र ६ वा सात जनाको कार्य सम्पादन समिति बनोस वा यसलाई चक्रिय रुपमा १०।१० जनाको समितिले हरेक २ महिनामा केहि गरेर देखाउनु पर्ने गरि पनि बनाउन सकिन्छ ।
१. हरेक २।३ महिनामा एउटा सामाजिक कल्याणको काम गर्ने १०।१० पाउँड संकलन गर्दा पनि ३००० पाउण्ड उठ्ने छ, जसले एउटा पुण्य काम बन्ने छ । किन यत्रो बनाइस भन्नेहरुलाई पनि सन्तष्टि मिल्ने छ , बन्नेहरुलाई पनि सन्तुस्टी मिल्ने छ ।
२. सबैको राय सल्लाह समेटेर कार्यसमितिलार्इ दिशा निर्देश गर्ने कार्य योजना बनाइ दिनोस।
३. कार्य समितिका कमी कमजोरीहरुलाई सुधार्ने र रचनानमक बन्ने योजनाहरु लिनोस।
४.गैर आवासीय नेपालीलार्इ बेलायतमा बस्ने करिब २ लाख नेपालीको साझा थलोको रुपमा बिकास गर्नका लागि आवस्यक रणनीति र योजना तर्जुमा गर्न अनुरोध गर्नुस ।
५. बेलायतको नेपाली समाजका समस्याहरुलाइ सामुहिक रुपमा समाधान गर्न , नेपाल र बेलायत लाइ जोड्न विभिन्न संस्कृतिक कार्यकर्म , युवा पुस्ताहरुका स्वयं सेवाको कार्य योजना हेल्प डेस्क विभिन्न संचालन गर्न अनुरोध गर्नुहोस।
अन्त्यमा सल्लाहकार धेरै भए भनेर कराउने मध्ये यो पंक्तीकार पनि एक थियो र भोलिपल्ट आफ्नो नाम परेको देखेर मौन रहयो । कसैले चुप लगाउन दिएको भन्ने , कसैले फकाउन दिएको भन्ने र कसैले बन्नलाइ बिरोध गरेको भन्ने गरका हल्लाहरुलाई राम्रोकदम र राम्रै होस् भनेर आएका उर्जा सम्झेर कार्यसमितिले सम्मान स्वरुप सम्झेर दिएको स्थानलाइ अस्विकार गर्ने भन्दा आफुले सकेको जानेको सल्लहा यसरि दिदै जाने निर्णय गरेको छु ।






