काठमाडौँ । उत्तर कोरियाका पूर्व जासुसले किम तानाशाह किम जोङ उनको सोच खतरनाक रहेको खुलासा गरेका छन्। उनले उत्तर कोरियाको बहकाउमा आएर महत्वूर्ण निर्णय नगर्न दक्षिण कोरियालाई आग्रह गरेका छन्।
उत्तर कोरियाका तानाशाह किमले आफ्नो देशमाथि परेको समस्यालाई पार लगाउन मात्र नरम बनेको उनको दाबी छ। तर किमको सोच भने निकै खतरनाक रहेको उनको जिकिर छ।
पछिल्लो समय इन्धन प्रतिबन्धपछि उत्तर कोरिया एकाएक नरम भएको समाचारहरु प्रकाशित भएका छन्। अहिलेसम्म वार्ताका लागि तयार नभएको उत्तर कोरियाले केही दिनअघि दक्षिणसँग वार्ता गरेको थियो। वार्तापछि दक्षिण र उत्तर कोरियाको सम्बन्धमा सुधार आउने धेरैको अपेक्षा रहेको छ। तर पूर्व जासुसले गरेको उक्त दाबीले धेरैको ध्यान केन्द्रित गरेको छ।
उनले उत्तर कोरिया अलिकतिपनि नरम नभएको बताउँदै अहिलेपनि किमको सोच र योजना खतरा रहेको बताएका छन्।
एजेन्सीको सहयोगमा






