आज पनि काँग्रेस बैठक, के हुँदैछ ?

g]sf s]Gb|Lo ;ldltsf] a}7s k|wfgdGqL Pj+ kf6L{ ;efklt z]/axfb'/ b]pjfsf] ;efkltTjdf g]kfnL sfFu|]; s]Gb|Lo sfo{;ldltsf] a}7s k|wfgdGqL lgjf; afn'jf6f/df laxLaf/ ljxfg a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं- राष्ट्रियसभा सदस्यको उम्मेद्धार चयनका लागि डाकिएको काँग्रेसको वैठक शुक्रवार पनि वस्ने भएको छ ।
नेताहरुले निर्वाचन पराजयको विषय पनि उठान गरेपछि मूल विषयमा छलफलको लागि समय अपुग भएको भन्दै आज पनि वैठक वस्ने भएको हो ।
निर्वाचन पछि पहिलो पटक वसेको वैठकमा नेतृत्वको चर्को आलोचना भएको छ ।
विहिबार बोल्ने अधिकाँश सदस्यहरुले सभापति देउवा विधान विपरित चलेको भन्दै आपत्ति जनाए । ८५ सदस्यीय काँग्रेसको केन्द्रिय समितिका २९ जनाले विहीवार आफ्नो धारणा राखेका छन् ।

विहिवारको वैठकमा कार्य सम्पादन समिति र संसदीय समितिको भंगको माग उठेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको समुह देउवामाथि खनिएका थिए भने देउवा पक्षका नेताले सभापतिको वचाउ गरेका थिए ।

राष्ट्रिय सभाको उम्मेवार छनौटका विषयमा वोलाएको वैठक शुक्रवार सकिने छ । निर्वाचनको समिक्षाको लागि राष्ट्रियसभा सदस्यको निर्वाचन पश्चात् वैठक पुन वस्ने प्रवक्ता विश्व प्रकाश शर्माले वताए ।
निर्वाचन पराजयको समिक्षा वैठकले एक साता भन्दा बढि समय लिने हुँदा पुन वैठक वस्ने शर्माले वताए । वैठक ११ वजे देखि प्रधानमन्त्री निवास वालुवाटारमा वस्दैछ ।