लन्डन । १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बिहीबार देखी सुरु भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको आफ्नै हलमा सो कार्यक्रम सूरु भएको हो ।
कार्यक्रम खेलकुद मन्त्री राजन केसीले वरिष्ठ अन्तरास्ट्रिय रेफ्री नबिनकुमार श्रेष्ठलाई चेस्टगार्ड र हेड्गार्ड हस्तान्तरण गरि सुरु गरेका हुन । प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय गरी ८ टिमका १ सय ७६ खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।







