काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको गोप्य र आकस्मिक भेलाले ७७ जिल्लाका सभापतिको राष्ट्रिय भेला बोलाउन पार्टी सभापतिसँग आग्रह गर्ने भएको छ ।
बुधबार साँझ मेलम्ची पुगेका ३२ सभापतिको गोप्य भेलाले स्थानीय तह, प्रदेश र संघीय संसदमा भोगेको पराजयबारे समीक्षा गर्दै अघि बढ्न सभापतिहरुको राष्ट्रिय भेला महसुस गरेको हो ।
भेलाले दुर्गम क्षेत्रमा विकासको काम अघि बढाउनु पर्ने, सभापतिहरुको कोष निर्माण गर्नु पर्ने माग पनि पार्टीमा राख्ने भएको छ । सिन्धुपाल्चोक, कैलाली, मनाङ, मुस्ताङ, डोल्पा, कास्कीलगायतका ३२ जिल्लाका सभापति आकस्मिकरुपमा मेलम्ची पुगेका हुन् ।






