तंग्रिँदै ओली

कडा खालको झाडापखालाले अस्वस्थ बनेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तंग्रिन थालेका छन् ।

तीन दिनअघि उनलाई झाडापखाला भएपछि पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा पनि अनुपस्थित रहँदै आएका थिए ।

सोमबारदेखि अस्वस्थ रहेका ओलीलाई झाडापखालाले तीन दिनसम्म बेस्सरी च्यापेको थियो । ओलीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले भनिन्, ‘उहाँ (ओली) को पेट अलि गडबडी भएको हो । अहिले ठिक छ।’

डा। सिंहका अनुसार, तीन दिनअघि ओलीलाई कडा खालको डायरिया भएको थियो । औषधि सेवनपश्चात् ओलीको स्वास्थ्यमा क्रमशस् सुधार भइरहेको छ । डा। सिंहले प्रेसक्राइब गरेको झाडापखालाको औषधि ओलीले सेवन गरिरहेका छन् ।