चुनावी समीक्षा गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौं– प्रदेश र प्रतिनिधिसभाको चुनावमा नराम्रो हार ब्यहोरेको कांग्रेसले चुनावी समीक्षा तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शुक्रवार बिहान ८ वजे प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बोलाइएको हो ।

कांग्रेसकोपराजयको जिम्मेवारी कसले लिने भन्ने विषयमा पार्टी भित्र तीब्र विवाद रहेका बेला बोलाइएको कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवाको राजीनामा माग्ने समेत तयारी छ । गगन थापा, धनराज गुरुङ लगायतका नेताले देउवाबाट अव पार्टी चल्न नसक्ने भन्दै विशेष महाधिवेशन माग गर्दै आएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि सभापति शेरबहादुर देउवाको सरकार सञ्चालनको बदनाम कार्यशैलीका कारण पार्टीले पराजय भोग्नु परेको भन्दै त्यसको समीक्षा हुनु पर्ने वताउँदै आएको छ ।