थाइल्याण्डमा बढ्दो राजनीतिक विवाद एवम् अस्थिरताका कारण आर्थिक बृद्धिदरमा पनि गिरावट आएको बताइएको छ । सन् २०१४ मा आर्थिक मन्दीको यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार त्यसवर्ष थाइल्याण्डको आर्थिक बृद्धि तीनवर्ष यतादेखिकै सबैभन्दा कम भएको पाइएको छ ।
तीन वर्षयताकै सबैभन्दा कम आर्थिक बृद्धि दर रहेको भनिएको छ । यसका कारण त्यहाँको कृषि उत्पादनमा पनि कमीका साथै निर्यातका वस्तुहरुको मूल्यमा कमी आएको बताइएको छ । कुल ग्राहस्थ उत्पादनमा कमी आएको र सन् २०१४ मा त्यो ०.७ प्रतिशत मात्र रहेको पनि समाचारमा जनाइएको छ । आर्थिक बृद्धि सन् २०१३ मा २.९ प्रतिशत थियो । थाइल्याण्डको राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषदले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।
त्यसैगरी सो विज्ञप्तिमा उक्त विकास दर सन् २०११ पछिकै सबैभन्दा थोरै अर्थात् ०.१ प्रतिशत रहेको छ । त्यसवर्ष बाढी पहिरोका कारण देशमा निकै ठूलो समस्या परेको बेलामा पनि त्यहाँको विकास दर ०.१ रहेको थियो ।
तर सन् २०१४ मा आएर भने त्यस समयको भन्दा पनि कमजोर अवस्था देशको आर्थिक क्षेत्रको रहेको समाचारमा जनाइएको छ । सन् २०१४ मा थाइल्याण्डमा सैनिक शासन सुरु भएको थियो । त्यसअघि त्यहाँ राजनीतिक अस्थिरता, आन्दोलन एवम् आम हड्तालका कार्यक्रमहरु निरन्तर रुपमा भएका थिए । तिनै आन्दोलनका कार्यक्रमका कारण त्यहाँ विदेशी पर्यटक नआएका, प्रत्यक्ष वैदेशिक लगानी पनि नआएको तथा अन्य आर्थिक क्रियाकलापहरुमा पनि गिरावट आएको समाचारमा जनाइएको छ ।
थाइल्याण्डमा अस्थिर राजनीतिका कारण आर्थिक बृद्धि न्युन






