काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुने भएको छ ।
माओवादी नेता तथा पार्टी एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठका अनुसार बुधबार दुई अध्यक्ष वा एकता संयोजन समितिमध्ये एक बैठक बस्नेछ ।
भेटवार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रिय सभा सदस्य निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।
यसअघि पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिएपनि नेताहरुको कार्यव्यस्तताका कारण बस्न सकेको थिएन ।






