सागर आलेको शो’ आज साँझ गोल्डेनसिपमा

लण्डन ।नेपाल आइडल टप फोर सागर आलेको बेलायतको अन्तिम अन्तिम शो,आज डिसेम्बर १८ तारिख सोमबार साझा ७ बजे साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा आयोजना हुंदैछ ।

कार्यक्रममा सागर सहित बिग आइकन साजन आले र लोकगायिका माया (ईन्द्र) गुरुङले पनि प्रस्तुति दिने छन् ।

बेलायत आइपुगेका कलाकारलाइ सांगीतिक कार्यक्रमको माहोल जुटाएर कलाकार र नेपालीहरुको मन जित्दै आएको गोल्डेनसिपमा दर्शकको खचाखच अपेक्षा गरिएको आयोजक देव गुरुङले जानकारी दिए ।

टप फोर सागर आलेको बेलायतका हरेक सांगीतिक शो खचाखच दर्शकका बीच भव्यरुपमा सकिएको छ ।