वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले ग्याँस अभाव अब हट्दै जाने दोहोर्याएका छन् । संसदको सुशासन तथा अनुगमन समितिले ग्याँसको अभावबारे छलफल गर्न बोलाएको बैठकमा मन्त्री थापाले अब ग्याँस अभाव हट्दै जाने र सरकारले पनि अनुगमनलाई प्रभावकारी बनाउने दावी गरे । नेपालका ७३ जिल्लामा ग्याँसको प्रयोग हुन थालेको तर मागको तुलनामा आपूर्ति कम भएकाले समस्या परेको बताए ।
उनले भारतबाट ल्याउने कोटा बढाउन भारतसँग कुरा गरिरहेको बताए । प्रतिसिलिन्डर ग्याँसमा अहिले ३८ रुपयाँ घाटा रहेको पनि मन्त्री थापाले जानकारी दिए । सांसदहरुले भने ग्यांस अभाव भएकोमा सरकारको चर्को आलोचना गरेका थिए ।
उनीहरुले पहुंच पुग्नेहरुलाई कहिल्यै पनि अभाव हुने नगरेको, लुट्नेहरुले पनि पाईरहेको भन्दै सर्वसाधारणलाई मात्र किन समस्या हुन्छ भन्दै प्रश्न गरेका थिए ।
ग्यासको अभाव हट्ने






