लन्डन– सामाजिक अभियन्ता गंगा रायमाझीकी आमाको उपचारका लागि बेलायतबाट सहयोग गरिएको छ ।
गुल्मी स्थित आशा अपांग केन्द्रकी सञ्चालिका गंगा रायमाझीकी क्यान्सर पीडित आमाको उपचारका लागि बेलायतबाट आर्थिक सहयोग गरिएको छ ।
गुल्मी जिल्ला समाज यूकेको सहयोगमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापाको संयोजनमा बेलायतमा संकलन गरिएको २ लाख ८४ हजार रुपैयाँको सहयोग रायमाझीलाई प्रदान गरिएको छ । समाजका सल्लाहकार क्याप्टेन रिटायर्ड टामबहादुर ढेगा मगरले सो रकम बुटवलमा रायमाझीलाई हस्तान्तरण गरेका छन् ।
बेलायतमा सहयोग संकलनको संयोजन गरेका गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष ओप्रसाद थापाले सहयोगदाता सम्पुर्ण बेलायतवासी गुल्मेली तथा गैरगुल्मेली नेपालीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
रायमाझीकी आमाको भरतपुर क्यान्सर अस्पताल उपचार भइरहेको छ । आफ्ना दुवै खुट्टा नभएर पनि आफ्नो जीवन अपांगता भएकाहरुकै सेवामा समर्पित गरेकी रायमाझीको पारिवारिक आर्थिक अवस्था निकै कमजोर छ । उनले आर्थिक सहयोगका लागि सार्वजनिक याचना गरेकी थिइन् ।






